आज मिति : २०८२ जेष्ठ ११
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

महामारीले सिकाएको पाठ #Covid19

HNN Staff by HNN Staff
May 2, 2020
in News
A A
2
महामारीले सिकाएको पाठ #Covid19
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

✍️ हेमन्त गौतम
आयुर्वेद क्याम्पस,कीर्तिपुर

पृथ्वीमा जीवनको विकास संग-संगै विभिन्न काल-खण्डमा मानव निर्मित अथवा प्राकृतिक महामारी सवै जीवहरुले भोग्दै आएका छन् । नेपालमा गएको २०७२ सालको महाभूकम्पपछि जीवनशैली अझैसम्म राम्रोसंग सामान्य हुन सकेको छैन भने विश्वका कतिपय देशहरुमा प्रथम विश्वयुद्ध, दोश्रो विश्वयुद्धको प्रभाव अझै पर्दै आएको छ । सरुवा रोगहरु मध्ये भाइरसबाट संक्रमण हुने रोगहरुले विश्वलाई आतंकित गर्दै आएको देखिन्छ जसमा एचआईभि/एड्स, जीका भाइरस, स्वाइन फ्लु (एच1एन1),इबोला, बर्ड फ्लु(एच5एन1),सार्स, मर्स, कोरोना आदि इत्यादी पर्दछन् । अहिले विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण सन् २००२ मा चाइनामा देखिएको कोरोना भाइरस कै अर्को प्रजाति हो ।आजको मितिसम्म कोभीड-१९(कोरोना भाइरस)बाट विश्वभरि करिब २५ लाख जना संक्रमित छन्, एक लाख सत्तरी हजार जनाले मृत्यूवरण गरिसकेका छन् ।अझै सम्म यसको ठेट उपचार र खोपको विकास हुन सकेको छैन । अझै लक्षण अनुरुप नै चिकित्सा हुँदै आएको छ र अझै कति समयसम्म फैलिने हो यसको कुनै टुंगो छैन ।कोरोना भाइरसको एउटा निश्चित कुरा त के छ भने, यसको औषधि निर्माण भए पश्चात् पनि यसले आफ्नो प्रभाव केहि दशक सम्म पार्ने नै छ । समाजको मानसिक र आर्थिक, शारिरीक पक्षमा प्रतक्ष तथा अप्रत्यक्ष रुपमा प्रभाव रहने छ ।

मन अस्थिर हुनु यसको स्वभाव नै हो । लकडाउनका क्रममा काम खासै नहुने, दिनरातभर घर भित्रै बस्ने, आय:श्रोत नहुनु, आर्थिक समस्या हुनु, घर परिवार संग टाढा हुनु, महत्वपूर्ण कामहरु रोकिनु आदि कुराहरुले मुख्य रूपमा घरका जिम्मेवार व्यक्तिमा यसले नराम्रो मानसिक समस्या पार्न सक्दछ । निन्द्रा नलाग्नु, मुटुको धड्कन बढ्नु, एकान्तमा बस्न रुचाउनु, उज्ज्यालो मन नपर्नु, अध्यारोमा बस्न रुचाउनु,कुनै कुरामा ध्यान दिन नसक्नु, रिस उठिरहनु, मध्यपान धूमपान तर्फ मन लाग्नु, आत्महत्याको सोच आउनु आदि लक्षणहरु देखिन सक्छन ।यस्तो समयमा परिवार देखि टाढा भएका; पढाइका निम्ति विदेश तथा शहरमा बस्दै आएका, वैदेसिक रोजगारमा पलायन भएका यूवाहरु,दैनिक परिश्रम गरेर जिवीकोपार्जन गर्दै आएका र परिवारका जिम्मेवार व्यक्तिमा धेरै देखिने गर्छ । यी समस्याहरु तत्काल देखिएता पनि यसले दीर्घकाल सम्म असर गर्ने गर्छ ।स्थिति सामान्य भएपछि पनि परिवारको आर्थिक-मानसिक अवस्था एका एक सामान्य नहुन सक्छ । मानसिक समस्या यदि घरपरिवार, छरछिमेक, साथि-भाइ आदिमा देखिए उनिहरूलाई त्यस अवस्थाबाट बाहिर निस्किन मद्दत गर्नु जो-कोहीको कर्तव्य हुन्छ । त्यो व्यक्तिसंग निरन्तर कुरा-कानी गर्ने, खेलकुद, योग, प्राणायाममा ध्यान केन्द्रित गराउने र आवस्यक परे चिकित्सकको मानसिक परामर्श समेत लिने व्यवस्था मिलाउनु पर्छ ।
तर समाजमा सबै नकारात्मक असर मात्र पार्छ भन्ने छैन, दुख परेको समयमा एक-आपसमा सहयोगको भावना पनि विकास भएको पाइन्छ । देशको विकास कृषि विना सम्भव छैन भन्ने चेतना पनि सबैलाई भएको हुनुपर्छ । कृषक, स्वास्थ्यकर्मीहरुलाई हेरिने दृष्टि, जनताले कुशल नेतृत्वको चयन गर्न नसग्दाको परिणामको पनि सबैलाई चेतना भएको हुनुपर्छ ।

नेपालजस्तो विकासोन्मुख देश प्रारम्भ कालदेखि नै आर्थिक समस्याको मारमा परेको देखिन्छ । यस महामारीले नेपाल मात्रै हैन सबै भन्दा विकसित मुलुक अमेरिका, चिन, यूरोपियन देशका साथै सबै देशमा आर्थिक समस्या पार्ने निश्चित छ । एउटा व्यक्ति देखि लिएर सम्पूर्ण विश्वभरि पनि यसले दीर्घकालीन असर गर्नेछ । यसको प्रतक्ष मारमा निम्न आय:श्रोत भएका गरिबी मुलुकका सर्वसाधारण धेरै हुने अनुमान गरिन्छ । कालो बजारी र मूल्य वृद्धि तत्काल सबैले भोग्ने गरेको समस्या हो । भर्खर उदाउंदै गरेका कलकारखानामा पनि यसको प्रभाव पर्ने अनुमान गर्न सकिन्छ ।  यसो हुँदा श्रमिकले ज्यालादारी नपाउने, कलकारखाना नै बन्द गर्नु पर्ने अवस्था आउने हुन्छ, यस्तै सयौं कलकारखाना यसरी बन्द हुनाले देशको अर्थतन्त्र पनि धरापमा पर्न सक्नेछ । यसका लागि नीतिगत तहमा महत्वपूर्ण निर्णय गर्नु नै पर्ने हुन्छ । तत्काल सरोकारवाला निकायहरुले कालोबजारी, र मूल्यवृद्धि रोक्न कदम चाल्नुपर्ने महत्वपूर्ण छ । यसले गरिब जनता कोरोना भाइरस को त्रास भन्दा भोकको त्रासले विचलित हुने अवस्था आएको छ । सामान्य स्थिति आउँदा बित्तिकै देशले कृषिलाई प्राथमिकता दिएर देश विकासको मेरुदण्ड बनाउन आवस्यक छ । खेतीयोग्य जमीनमा सहरीकरण मौलाउँदो छ, गाउँका खेतीयोग्य खेत वारी जंगलमा परिणत हुँदै छन् । विदेशमा गएका यूवाहरुलाई देशमै कृषि ,उद्धोग, उद्धम गर्ने बन्दोवस्थ गराउन सके आर्थिक सम्वृद्धी सम्भव छ ।

कोरोना भाइरसको महामारी; नेपाललाई आर्थिक सम्वृद्ध गर्न अवसर हुन सक्छ, केहि दशक भित्र नै विश्वमा फरक पहिचान बनाउन सक्छ , यदि सबै जना आफ्नो कर्तव्य बुझेर काम गर्न सकेमा ।

सम्वृद्द नेपाल,सुखी नेपाली सम्भव तुल्याउनका लागि सम्बन्धित निकाय द्वारा व्यवहारिक नीति निर्माण तर्जुमा गरिनुपर्छ र त्यसका साथै सम्पूर्ण जनता यस महामारीबाट स्वावलम्बनको पाठ सिकी सचेत हुन जरुरि छ ।

 

Tags: AyurvedaCorona Virus #Covid19
Nisarga hospital Dhangadhi
Previous Post

गम्भीर बिरामी भएको दाबी गरिएका किम २० दिनपछि देखिए #Covid19

Next Post

सुदूरपश्चिम प्रदेशमा २० दिनयता कोरोना संक्रमित नभेटिएपछि जनजीवन समान्यतर्फ #Covid19

Related articles

नेपाल फार्मेसी संघको अध्यक्षमा युवराज भुसाल निर्वाचित
News

नेपाल फार्मेसी संघको अध्यक्षमा युवराज भुसाल निर्वाचित

4 hours ago
780
बोटुलिनम टक्सिनको प्रयोगबारे विराटनगरमा प्रथम गोष्ठी सम्पन्न
News

बोटुलिनम टक्सिनको प्रयोगबारे विराटनगरमा प्रथम गोष्ठी सम्पन्न

1 day ago
886
राष्ट्रिय चिकित्सक संघको अध्यक्ष पदमा प्राडा. गौचन निर्वाचित
News

राष्ट्रिय चिकित्सक संघको अध्यक्ष पदमा प्राडा. गौचन निर्वाचित

1 day ago
793
नेपाल क्यान्सर अस्पतालले गर्यो वार्षिकोत्सबको अवसरमा वाकाथन कार्यक्रम
News

नेपाल क्यान्सर अस्पतालले गर्यो वार्षिकोत्सबको अवसरमा वाकाथन कार्यक्रम

1 day ago
787
राष्ट्रिय चिकित्सक संघ नेपालको तेस्रो राष्ट्रिय सम्मेलन जेष्ठ ९ र १० गते चितवनमा हुँदै
News

राष्ट्रिय चिकित्सक संघ नेपालको तेस्रो राष्ट्रिय सम्मेलन जेष्ठ ९ र १० गते चितवनमा हुँदै

2 days ago
784
नेपालमा पहिलोपटक काठमाडौं मेडिकल कलेजमा हाइपरम्याङ्गानेसेमिया रोगको सफल उपचार
News

नेपालमा पहिलोपटक काठमाडौं मेडिकल कलेजमा हाइपरम्याङ्गानेसेमिया रोगको सफल उपचार

3 days ago
834
Next Post
सुदूरपश्चिम प्रदेशमा २० दिनयता कोरोना संक्रमित नभेटिएपछि जनजीवन समान्यतर्फ #Covid19

सुदूरपश्चिम प्रदेशमा २० दिनयता कोरोना संक्रमित नभेटिएपछि जनजीवन समान्यतर्फ #Covid19

Comments 2

  1. Pingback: 💪 प्रतिरक्षा प्रणाली बलियो बनाउने १५ प्राकृतिक विधि #BoostImmunity • Health News Nepal
  2. Pingback: इटहरीमा ५ सय बेडको सुबिधा सम्पन्न प्राणनाथ हस्पिटल बन्ने #PrananathHospital • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Patan Municipality Baitadi 8 disease notice
Janai khatira - Herpes Zoster
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (125)
  • Disease (106)
  • English (48)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,038)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.