काठमाडौं, १० असार २०८०
युकेको ब्रोनमाउथ विश्वविद्यालय तथा मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेज सहकार्य हुने भएको छ ।
मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेज तथा युकेको ब्रोनमाउथ विश्वविद्यालयबीच करिब १ दशक लामो सहकार्यमा भए गरेका कामबारे अन्र्तक्रिया कार्यक्रम सञ्चालन गरिए उक्त सहकार्य जारी राखिने बताइएको हो। उक्त अन्तर्क्रियामा हाल नेपालको नर्सिङ क्षेत्र एकदमै अप्ठ्यारो अवस्थामा रहेको निश्कर्ष निस्किएको छ । एकातिर मुलुकलाई नर्सिङ जनशक्तिको खाँचो रहेको अवस्था भने अर्काेतर्फ चिकित्सा शिक्षा आयोगको मापदण्ड पुरा नभएका कारण थुप्रै नर्र्सिङ कलेजहरु बन्द भएका छन् ।
नेपाल र युकेसरकारबीच भएको सम्झौता अनुसार नेपालमा उत्पादन भएका नर्सिङ जनशक्ति युके पठाइने भएको छ । यसले नेपालका अस्पतालहरुमा नर्सिङ जनशक्ति खाँचो हुन सक्ने देखिएको ब्रोनमाउथ विश्वविद्यालयका भिजिटिङ प्रोफेसर प्रा.डा. सुजन बाबु मरहठ्ठाले बताउनुभयो ।
नेपालको नर्सिङ क्षेत्रलाई कसरी सृदृढ बनाउन सकिन्छ भन्ने विषयमा बनम्याउन विश्व विद्यालय तथा मनमोहन हेल्थ साइसेन्सका पदाधिकारीहरुबीच छलफल भएको छ ।सरकारी स्तरमा पनि नर्सिङ जनशक्तिको आवश्यकता रहेकोबारे हामी जानकार छौं । नेपाल नर्सिङ काउन्सिलको पछिल्लो तथ्यांक अनुसार नेपालमा करिब ७० हजारभन्दा बढी नर्सहरु दर्ता भइसकेका छन् ती मध्ये कति नेपालमा कार्यरत्त छन् भन्नेबारे यकिन तथ्यांक छैन ।
केही वर्षभित्र नै नेपालका अस्पतालहरुमा नर्सिङ जनशक्तिको अभाव हुने देखिएको छ । सरकारी स्तरमा नर्सहरुको दरबन्दी बढ्न नसक्दा नर्सहरु निजी अस्पतालमा भोलेन्टेयर तथा कम पारिश्रमिकमा नै काम गर्न बाध्य भएका छन् । बढेको बेड संख्याको आधारमा सरकारी अस्पतालहरुमा नर्सहरुको परिपूर्ति हुन नसकेको डा. मरहठ्ठाले बताए।