Nabil Bank Dhukka Khata Awareness Message
आज मिति : २०८२ असार ९
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

जुम्ल्याहा बच्चाको उद्दार गरे डा.किशोर खत्रीले #Covid19

HNN Staff by HNN Staff
May 10, 2020
in News
A A
0
जुम्ल्याहा बच्चाको उद्दार गरे डा.किशोर खत्रीले #Covid19
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

 दाङ २८, बैशाख

तुलसीपुरमा क्वारेन्टिनमा बसेकी एक महिलाले जुम्ल्याहा छोरी जन्माएकी छन्।
तुलसीपुर उपमहानगरपालिकाले क्वारेन्टाइनमा राखेकी महिलाले जन्माएका जुम्ल्याहा वच्चाहरुको अवस्था जटिल भएपछि उनीहरुको थप उपचारका लागि तुलसी अस्पतालमा आइसियूमा राखेर उपचार भइराखेको अस्पतालका सञ्चालक बालरोग विशेषज्ञ डा. किशोर खत्रीले जानकारी दिएका छन ।

“स्वस्थ जन्मिए पनि उनीहरुको तौल कम छ त्यसकारण एनआइसियुमा राखेर उपचार गरिरहेका छौ” डा.खत्रीले भने ।

वच्चाको जन्म तौल २५ सय ग्राम भन्दा कम भयो भने चुनौतिपूर्ण हुने पनि उनले वताए । जुम्ल्याहा वच्चाहरुको तौल क्रमशः १ किलो २५ ग्राम र १ किलो २ सय ५० ग्राम रहेको छ ।

“उनीहरुको उपचार राम्रोसँग उपचार भइरहेको छ।सुत्केरी महिलाको आफन्त कोही नभएको र श्रीमानले पनि वास्ता नगरेपछि तुलसीपुर उपमहानगरपालिकाको पहलमा अस्पताल पुर्याइएको थियो ।

केही समय अगाडि भारतबाट आएकाले उनलाई क्वारेन्टाइनमा राखिको थियो । “ उनले कोरोना रिपोर्ट नेगेटिभ आएको छ ” जनस्वास्थ्य शाखाका प्रमुख ओमप्रकाश न्यौपानले जानकारी दिए ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ फूलवारी निवासी ४० वर्षीया अनिता यादवले शुक्रबार राति सवा नौ बजेतिर जुम्ल्याहा सन्तानको जन्म दिएकी हुन्। उनीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उनको नर्मल डेलिभरी भएको हो।

राप्ती प्रादेशिक अस्पतालमा एनआइसियू सेवा उपलब्ध नभएको हुँदा निजी हस्पिटलमा उनीहरूलाई लैजानु परेको तुलसीपुर उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका निरीक्षक विमल केसीले जानकारी दिए।

केसीका अनुसार तुलसी बाल हस्पिटलका सञ्चालक डा. किशोर खत्रीले उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने भएका छन्।
डा.खत्रीका अनुसार अहिले महिलाको ब्लड कम भएर रगत चढाइराखेको र दुबै बच्चाको अबस्था पनि जटिल भएकाले आइसियूमा राखेर अक्सिजन दिएर उपचार भइराखेको पनि बताए।
उपमहानगरपालिकाले खानामा लाग्ने खर्च व्यहोर्ने भएको छ। परिवारका सदस्यलाई खानापिनको व्यवस्था र सुत्केरी महिलालाई आवश्यक परेको ब्लडको व्यवस्थापन समेत उपमहानगरपालिकाले व्यवस्थापन गरेको तुलसीपुरका कोरोना फोकल पर्सन केसीले जानकारी दिए।

‘झन्डै दुई हप्ताजति उनीहरूलाई भर्ना गर्नुपर्ने अवस्था देखिएको छ’, डा. खत्रीले भने। महिला र उहाँको श्रीमानको र्‍यापिड टेष्ट नेगेटिभ आएको थियो र अझ उहाँको पिसिआर स्वाब परिक्षण पनि राप्ती अस्पताल बिज्ञान प्रतिष्ठानमा भइराखेको डा.खत्रीले बताए।

जंगल र पहाडमा एक्लै हिँडेर आइन् अनिता

अनिता यादव चार दिन जति पैदल हिँडेरै दुई दिन अगाडि वैशाख २५ गते तुलसीपुरको फूलवारीस्थित घर आएकी थिइन्। उनी ४/५ महिना अगाडि जिल्लाको राजपुर गाउँपालिकाको भौका नाकास्थित माइतीमा गएकी थिइन्।

भौका नाका नेपाल– भारत सीमा क्षेत्र हो। त्यहाँ यातायातको सुविधा छैन। जंगलै जंगलको पैदल यात्रा गर्नु पर्छ। गर्भवती यादव एक्लै र भोकभोकै तीन–चार दिन लगाएर सुत्केरी हुन फूलबारीस्थित घर आएकी थिइन्। साथमा आफूलाई आवश्यक पर्ने कपडाको पोको पनि सँगै बोकेर आएकी थिइन्।

पहाड र जंगलको कठिन यात्रा गर्दै फूलबारीस्थित घर आइपुगेकी अनितालाई घर परिवारले भने घरभित्रै प्रवेश गर्न दिएनन्। अनितालाई छिमेकी देश भारतबाट आएको भन्ने आरोप लगाइयो।

कोभिड–१९ कोराना भाइरसको त्रासकै कारण घर परिवारले उनलाई घरभित्रै प्रवेश गर्न दिएनन्।

गाउँलेहरूले पनि इन्डियाबाट आएकी भनेपछि झस्किए।

अनिताका पति २४ सै घन्टा मदिरा सेवन गर्छन्। गर्भवती महिला इण्डियाबाट हिँडेरै आएको भन्ने खबर स्थानीयले प्रहरीमा गरेर खबर तुलसीपुर उपमहनगरपालिकामा पुग्यो। गाडी लगेर अनितालाई बिहीबार बेलुकी ५ बजेतिर फूलबारीबाट तुलसीपुर–४ स्थित रक्षाचौर माविको क्वारेन्टिनमा लगेर राखियो।

त्यहाँ बसेको दोस्रो दिन शुक्रबार बिहान अनितालाई व्यथाले च्याप्न थाल्यो। हतार हतार अनिताको आरडिटी टेष्ट गरियो। परिणाम नेगेटिभ देखियो। त्यसपछि उनलाई क्वारेन्टिनबाट तुलसीपुरस्थित प्रादेशिक अस्पताल बिहान ११ बजेतिर ल्याइयो। अवस्था जटिल हुन सक्ने भन्दै बाहिरी जिल्ला लैजाने तयारी गर्न मेयर घनश्याम पाण्डले निर्देशन दिइसकेका थिए। तर, अनिताको नर्मल डेलिभरी भयो।

‘अनिताको रगतमा हेमोग्लोबिनको मात्रा कम देखिएको छ। उनको शरीर र हातखुट्टा पनि सुन्निएको अवस्था छ,’ उपचारमा सम्लग्न चिकित्सकले भने, ‘केही खानेकुरा नखाई भोकभोकै तीन चार दिन पैदल हिँडेको कारण उहाँ निकै कमजोर हुनुहुन्छ।’ अनिताका यसअघि नै दुई छोरा र दुई छोरी रहेका छन्।

Tags: Corona Virus #Covid19Tulsipur hospital
Nisarga hospital Dhangadhi
Previous Post

भारतमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या २१ सय नाघ्यो #Covid19

Next Post

झापा र भोजपुरका २ जना सन्क्रमित डिस्चार्ज , निको भएर घर फर्किनेको संख्या ३३ पुग्यो #Covid19

Related articles

प्रस्तावित दरबन्दी प्रति स्वास्थ्य प्रवर्धन तथा शिक्षा संघ नेपालको गम्भीर ध्यानाकर्षण
News

प्रस्तावित दरबन्दी प्रति स्वास्थ्य प्रवर्धन तथा शिक्षा संघ नेपालको गम्भीर ध्यानाकर्षण

1 hour ago
780
सिनियर अहेव कोईरालाविरुद्ध नब्बे लाखको भ्रष्टाचार मुद्दा
News

प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

5 hours ago
778
सुदर्शन देवकोटा स्मृति पाँचौँ राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार ढुङ्गेललाई
News

सुदर्शन देवकोटा स्मृति पाँचौँ राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार ढुङ्गेललाई

15 hours ago
784
दाङमा चार सय बेडको अस्पताल निर्माण सुरु गरिने
News

दाङमा चार सय बेडको अस्पताल निर्माण सुरु गरिने

1 day ago
845
Nepal pharmacy council
News

फार्मेसी काउन्सिलको २८औं नाम दर्ता परीक्षामा २६ प्रतिशत उत्तीर्ण

2 days ago
783
नेपाल औषधी आयातकर्ता संघको अध्यक्षमा पवन आचार्य निर्वाचित
News

नेपाल औषधी आयातकर्ता संघको अध्यक्षमा पवन आचार्य निर्वाचित

2 days ago
804
Next Post
उदयपुरमा ८ जनामा कोरोनाको आसकां, थप परिक्षण गर्न बिपि धरानमा#Covid19

झापा र भोजपुरका २ जना सन्क्रमित डिस्चार्ज , निको भएर घर फर्किनेको संख्या ३३ पुग्यो #Covid19

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (126)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,090)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.