Nabil Bank Dhukka Khata Awareness Message
आज मिति : २०८२ असार १२
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

५ देखि १२ वर्ष मुनिका बालबालिकालाई फाइजर – बायोएनटेक खोप ९१ प्रतिशत प्रभावकारिता

Nam Raj Bhatta by Nam Raj Bhatta
June 18, 2022
in News
A A
0
५ देखि १२ वर्ष मुनिका बालबालिकालाई फाइजर – बायोएनटेक खोप ९१ प्रतिशत प्रभावकारिता
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, ४ असार २०७९

सरकारले ५ देखि १२ सम्मका बालबालिकालाई कोभिड -१९ बिरुद्धको फाइबर – बायोएनटेक सही तरिकाले खोप लगाए यसको प्रभावकारिता ९१ प्रतिशत सुरक्षित रहने बताएको छ।

कोभिड १९ विरुद्धको उक्त खोप सुरक्षित भएकाले आफ्ना बालबालिकालाई सुरक्षित भएर लगाउन सरकारले सबैलाई आग्रह गरेको हो।

शुक्रबार राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र र स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको कोभिड विरुद्धको भ्याक्सिन प्रवर्द्धन तथा कोभिड १९ को रोकथाम नियन्त्रण सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम गरेको थियो।

कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंहले कोभिड संक्रमणको जोखिमबाट बच्न सबैले खोप लगाउनुपर्ने बताए। विश्व स्वास्थ्य संगठन र औषधि व्यवस्था विभागले स्वीकृति दिइसकेको उक्त खोप बालबालिकाको लागि सुरक्षित रहेको बताउनुभयो।

परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेकलाल कर्णले खोपको प्रभावकारिता बारे केही पनि आशंका नगर्न आग्रह गरे। खोप लगाएपछि हुन सक्ने संभावित घटना बारे छानबिन गर्न टोली समेत गठन गरिएको उनले बताए।
डा. कर्णले भने विभिन्न परीक्षणका क्रममा खोप सुरक्षित भएको प्रमाणित भएपछि मात्र डब्लुएचओ र औषधि व्यवस्था विभागले अनुमति दिन्छ। त्यसैले ढुक्क भएर खोप लगाउन सबैलाई आग्रह गर्दछु।

परिवार कल्याण महाशाखाका जनस्वास्थ्य अधिकृत सञ्जय महासेठले २१ दिनको फरकमा दुई मात्रा खोप लगाउनुपर्ने जानकारी दिए। कुनै पनि बालबालिकालाई खोपको पहुँचबाट नछुटाइकन खोप अभियान सञ्चालन गरिने उनले बताए। सही तरिकाले खोप लगाए यसको प्रभावकारिता ९१ प्रतिशत रहेको महासेठले बताए।

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा भक्त बहादुर केसीले बालबालिका पनि कोभिडको जोखिममा भएकाले खोप लगाउनुपर्नेमा जोड दिए

सरकारले पहिलो चरणमा २७ वटा जिल्लामा असार ९ देखि १५ गतेसम्म खोप अभियान सञ्चालन गर्दैछ। दोस्रो चरणमा ५० जिल्लामा ५ देखि ११ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ। फाइजर बायोएनटेक खोप १२ वर्ष माथि र पाँच वर्ष मुनिका बालबालिकालाई लगाउन मिल्दैन। पहिलो मात्रा लगाएपछि शरीरमा कुनै पनि गम्भीर प्रकारको एलर्जिक प्रतिक्रिया देखिए खोप लगाउन नमिल्ने महाशाखाले जनाएको छ। प्लाज्मा थेरापीमा भएको व्यक्तिले ९० दिनपछि मात्र खोप लगाउन मिल्छ।

साथै कोभिड संक्रमित भएको अवस्थामा खोप लगाउन नमिल्ने तर निको भएको ३० दिनपछि लगाउन मिल्ने महाशाखाले जनाएको छ। कुनै पनि प्रकारको गम्भीर बिरामी वा उच्च ज्वरो आएको अवस्थामा पनि खोप लगाउन नमिल्ने जनस्वास्थ्य अधिकृत महासेठले जानकारी दिए।

Tags: Corona Virus #Covid19Dr. Bhakta bahadur KCDr. Bibek Lal karnaDr.dipendra Raman singhSave the children
Nisarga hospital Dhangadhi
Previous Post

टिचिङ अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम स्थगित

Next Post

यस वर्षको मिस नेपालको ताज जोशीलाई, डा. सरिसा श्रेष्ठ मिस नेपाल अर्थ

Related articles

विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा फिजियोथेरापी सेवा विस्तार
News

बिपी कोइराला क्यान्सर अस्पतालमा बिरामीका लागि ‘हटलाइन’ सेवा सुरु

1 hour ago
776
नेपाल भेटेरिनरी एशोसिएसनको ५८औं स्थापना दिवस देशव्यापी रूपमा सम्पन्न
News

नेपाल भेटेरिनरी एशोसिएसनको ५८औं स्थापना दिवस देशव्यापी रूपमा सम्पन्न

2 hours ago
780
दैलेख जिल्ला अस्पतालमा पहिलोपटक फिजिसियन डाक्टरबाट सेवा शुरु
News

दैलेख जिल्ला अस्पतालमा पहिलोपटक फिजिसियन डाक्टरबाट सेवा शुरु

4 hours ago
835
बाढी पहिरोद्वारा निम्त्याइएका रोगहरु तथा उपचार : जीवन क्षतिबाट जोगाउन सरल नियमहरु
News

बाढी पहिरोद्वारा निम्त्याइएका रोगहरु तथा उपचार : जीवन क्षतिबाट जोगाउन सरल नियमहरु

12 hours ago
780
मुगुमा चिकित्सकविहीन भएपछि प्रतिष्ठान जुम्लाले पठायो विशेषज्ञ डाक्टर
News

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १४ जनाको आवेदन

1 day ago
820
भक्तपुर अस्पतालमा आङ खसेका महिलाको निःशुल्क शल्यक्रिया
News

भक्तपुर अस्पतालमा आङ खसेका महिलाको निःशुल्क शल्यक्रिया

1 day ago
806
Next Post
यस वर्षको मिस नेपालको ताज जोशीलाई, डा. सरिसा श्रेष्ठ मिस नेपाल अर्थ

यस वर्षको मिस नेपालको ताज जोशीलाई, डा. सरिसा श्रेष्ठ मिस नेपाल अर्थ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (127)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,099)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.