Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ श्रावण २०
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

चौतारा अस्पतालको नयाँ भवन बनेपछि बिरामीको चाप

Nam Raj Bhatta by Nam Raj Bhatta
July 23, 2024
in News
Reading Time: 1 min read
A A
0
चौतारा अस्पतालको नयाँ भवन बनेपछि बिरामीको चाप
586
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

सिन्धुपाल्चोक, ८ साउन २०८१

चीन सरकारले १८ महिनाको अवधिमै बनाइदिएको सुविधासम्पन्न नयाँ भवनमा सरेपछि चौतारा अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ।

भूकम्पपछि आठ वर्ष प्रिफ्याबमा बसेर उपचार गर्दा न डाक्टर खुसी थिए, न विरामी । ठूलो वर्षा र हावाहुरी आउँदा उपचार सेवा नै रोकिन्थ्यो। तर, अहिले परिस्थिति फेरिएको छ। बिरामीले तुरुन्तै उपचार सेवा पाउँछन् । सफा अस्पताल, सेवामा प्रतिवद्ध चिकित्सक र कोठैपिच्छे राखिएका उपकरणले उपचारका लागि आउने बिरामीले सन्तोषको सास फेर्ने गर्छन्।BirMi scaled 1

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्रमणि भण्डारीले बिरामीका लागि तय गरेको टोकन प्रणाली, उपचारपूर्व गर्ने व्यवहार र सबै सेवामा परिवर्तन गरेर उपचारमैत्री वातावरण बनाएकाले विरामीको आधा रोग अस्पतालभित्र प्रवेश गरेको केही समयमा निको हुने बताउनु भयो।FB IMG 1721718086974

डा. भण्डारीका अनुसार नयाँ अस्पतालमा छिर्दा कुनै सुविधासम्पन्न प्राइभेट र विदेशी हस्पिटलमा गएर उपचार गरेजस्तै अनुभव सरकारी अस्पतालमा बिरामीले गरेका छन् । प्रत्येक बिहान सवा ९ बजे चिकित्सकसहित महत्त्वपूर्ण स्टाफको बैठक हुन्छ । इमर्जेन्सी र वार्डमा रहेका विरामीलाई २४सै घन्टा निगरानी गर्न चिकित्सकको समूह बसिरहन्छन् ।

अहिले नयाँ भवन ३९ कोठाको छ। पानी, बिजुली, सञ्चार र साधनको राम्रो व्यवस्थापन भएकाले उपचारमा आउने बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्न अस्पताल सफल भएको छ। बागमती प्रदेशबाट स्वीकृत ५० शग्यामा राखेर विरामीको उपचार हुन्छ। इमर्जेन्सी, जनरल ओपिडी, हाडजोर्नी, फिजियोथेरापी, ल्याब, एक्सरे, भ्याक्सिनेसन, क्षयरोग र एचआइभीको उपचारकक्ष भुइँतलामा राखिएका छन्। जनरल वार्ड, प्रसूति, अप्रेसन, बालरोग उपचार, फोटोथेरापी पहिलो तलामा राखिएका छन् । दोस्रो तलामा दुइटा अप्रेसन कक्ष, प्रोग्राम हल र पुस्तकालय छन् ।IMG 20240723 130006 259 scaled 1

अस्पतालमा सबै सिस्टम नयाँ र प्रविधियुक्त छ। नयाँ उपकरणले उपचारमा गुणस्तरीयता प्रदान गरेको छ। यति हुँदाहुँदै पनि मेन्टेनेन्स खर्च, कर्मचारी र बजेट पर्याप्त छैन।

प्रदेश सरकारबाट प्राप्त बजेटले गुणस्तरीय उपचार प्रदान गर्ने हाम्रो निरन्तर अभियान कठिन भएको डा. भण्डारीको गुनासो छ।

‘स्वास्थ्य बिमा भए‌का दुई सय बिरामीले दैनिक जनरल ओपिडी सेवा लिन्छन् । मासिक ३१ सयले जनरल ओपिडी सात सयले इमर्जेन्सी सेवा लिन्छन्,’ डा. भण्डारीले भने, ‘बढीजसो दम, रलचार, मधुमेह र पेटसम्बन्धी समस्या भएका बिरामी आउँछन्। साप्ताहिक रूपमा मानसिक रोगीलाई दुईपटक नाक, कार, घाँटीका विरामीलाई एकपटक उपचार सेवा प्रदान गरिदै आएको छ।

जिल्लाको मध्यभागमा रहेको चौतारा अस्पतालम चौतारा साँगाचोकगढी, इन्द्रावती, बलेफी, जुगल र पाँचपोखरी धांपालबाट उपचार लिन आउँछन् । आइसियू जटिल रोगको अप्रेसन र इमर्जेन्सीमा आउने १५ प्रतिशत बिरामीलाई रेफर गर्नुपर्ने अवस्था अझै विद्यमान छ।

Tags: #government of Nepal#Health and population ministryChautara Hospital SindhupalchokDr. Rudra Bhandari
SummarizeShare234ScanTweet147

Related articles

नेपाल भेटेरिनरी एसोसिएसन र एसियाली भेटेरिनरी एसोसिएसनबीच ‘वन हेल्थ’ सम्बन्धी ऐतिहासिक समझदारी

नेपाल भेटेरिनरी एसोसिएसन र एसियाली भेटेरिनरी एसोसिएसनबीच ‘वन हेल्थ’ सम्बन्धी ऐतिहासिक समझदारी

by Nam Raj Bhatta
August 4, 2026
0

विश्व भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा. इसाओ कुराउचीको नेपाल भ्रमणका अवसरमा नेपाल भेटेरिनरी एसोसिएसनले अन्तर्राष्ट्रिय सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउँदै महत्वपूर्ण कूटनीतिक तथा प्राविधिक उपलब्धि हासिल गरेको जनाएको छ। भ्रमणका...

भक्तपुर क्यान्सर अस्पताल र धुलिखेल अस्पतालबीच प्राविधिक तथा शैक्षिक सहकार्यको सम्झौता

भक्तपुर क्यान्सर अस्पताल र धुलिखेल अस्पतालबीच प्राविधिक तथा शैक्षिक सहकार्यको सम्झौता

by Nam Raj Bhatta
August 4, 2026
0

भक्तपुर क्यान्सर अस्पताल र धुलिखेल अस्पतालबीच प्राविधिक, शैक्षिक तथा अनुसन्धानात्मक क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्र अनुसार दुवै संस्थाले क्यान्सर उपचार तथा स्वास्थ्य...

कान्ति बाल अस्पताललाई शीघ्र Institute of Child Health मा रूपान्तरण गरौँ

कान्ति बाल अस्पताललाई शीघ्र Institute of Child Health मा रूपान्तरण गरौँ

by Nam Raj Bhatta
August 3, 2026
0

✍️ डा. दीपक मिश्र नेपालको बालस्वास्थ्य क्षेत्रलाई गुणात्मक रूपमा रूपान्तरण गर्न अब कान्ति बाल अस्पताललाई Institute of Child Health का रूपमा विकास गर्नु अपरिहार्य भइसकेको छ। यो केवल...

सोपान फर्मास्युटिकल्सको सीइओमा राजीव कुमार शर्मा नियुक्त

सोपान फर्मास्युटिकल्सको सीइओमा राजीव कुमार शर्मा नियुक्त

by Nam Raj Bhatta
August 3, 2026
0

सोपान फर्मास्युटिकल्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदमा राजीव कुमार शर्मालाई नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले शर्मालाई सीइओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । साउन...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    837 shares
    Share 335 Tweet 209
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    697 shares
    Share 279 Tweet 174
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    680 shares
    Share 293 Tweet 161
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    641 shares
    Share 256 Tweet 160
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    693 shares
    Share 308 Tweet 160

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • हातको उपचारमा नयाँ विशेषज्ञता गरेका डा. बिकाशले बुटवलमै पहिलोपटक Hand & Upper Limb Surgery सेवा
  • नेपाल भेटेरिनरी एसोसिएसन र एसियाली भेटेरिनरी एसोसिएसनबीच ‘वन हेल्थ’ सम्बन्धी ऐतिहासिक समझदारी
  • भक्तपुर क्यान्सर अस्पताल र धुलिखेल अस्पतालबीच प्राविधिक तथा शैक्षिक सहकार्यको सम्झौता
  • कान्ति बाल अस्पताललाई शीघ्र Institute of Child Health मा रूपान्तरण गरौँ
  • सोपान फर्मास्युटिकल्सको सीइओमा राजीव कुमार शर्मा नियुक्त

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.