काठमाडौं, २७ मंसिर २०८२
वरिष्ठ कार्डियोलोजिष्ट डा. मिलनप्रकाश श्रेष्ठ र नेपाल आइडल गङ्गा सोनामको स्वरमा रहेको ‘फकाउने मान्छे’ बोलको नेपाली लोक आधुनिक गीत सार्वजनिक भएको छ ।
धपासीस्थित रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका वरिष्ठ कार्डियोलोजिष्ट डा. श्रेष्ठ र नेपाल आइडल सिजन ६ कि विजेता सोनामको स्वरमा रहेको उक्त गीत आज सार्वजनिक गरिएको हो ।
अर्जुन मिश्र अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतको संगीत संयोजन अर्जुन मिश्रले गर्नुभएको छ । द म्युजिक एरा अनामनगरमा रेकर्ड तथा छायांकन भएको उक्त गीतको शब्द कृस्ना आचार्यको रहेको छ।
मेडिकल पेशा र कला सङ्गीतजस्तो फरक क्षेत्रका व्यक्तित्वबीचको यस प्रकारको सहकार्यले गीतलाई विशेष बनाएको दर्शक तथा स्रोताले टिप्पणी गरेका छन्।










