Magnus pharma
आज: २०८२ चैत्र १७
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

विवाह प्रथा वा कुप्रथा ?

Nam Raj Bhatta by Nam Raj Bhatta
April 17, 2021
in Articles
Reading Time: 2 mins read
A A
1
विवाह प्रथा वा कुप्रथा ?
603
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

यसमा छलफल गर्नुपूर्व कुनै एउटा क्रुर कुप्रथाको बारेमा अलिकति छलफल गरौँ।

सती कुप्रथा । स्मरण रहोस् !

सती प्रथा त्यो कालमा (समय) प्रथा नै थियो तर अहिलेको मस्तिष्कले कुप्रथा भन्छ । पुरुष अर्थात् पतिको मृत्युपछि मृतककी श्रीमतीलाई भाङ लगायतका बेहोस हुने जडीबुटीबाट बनेका पदार्थ खुवाइन्थ्यो । बेहोस पारिएकी श्रीमतीलाई मृतक श्रीमानको शव (लाश) सँगै चितामा सुताइन्थ्यो । मलामीहरू हातमा बलिया लाठा बोकेर तैनाथ रहन्थे । पण्डित अर्थात् पुरेतहरू धार्मिक विधि वाचन गर्न खडा रहन्थे । चितामा आगो बल्न थालेपछि जीवित रहेकी महिला भाङको नशाबाट ब्यूँझिएर कराउन थाल्थिन । चिच्याउँदै सहयोगका लागि गुहार माग्थिन । तर नारीको त्यो चिच्याहट र आक्रोस अरु मानिसले नसुनून् भन्नाका खातिर बाजाहरू बजाइन्थे । दमाहा, शंख र घण्ट ठूलो आवाजका साथ बजाइन्थे । सतीको चित्कार सुने पाप (श्राप) लाग्नेछ भन्ने मान्यता थियो । मृत श्रीमानसंग बाँधेको डोरी जब आगोले डढाएर टुटाउँछ तब नारी आगोको ज्वालाको ताप खप्न नसकेर छट्पटाउँदै हाम्फाल्ने असफल प्रयास गर्दथे । तर वरिपरि बलिया लाठाहरू बोकेर तैनाथ रहेका मलामीहरू पण्डितको आदेशसँगै नारीलाई चिताबाट उठ्न नसक्नेगरी ती लाठाले जोडले प्रहार गर्थे । ती असहाय महिलामाथि अनेकन् अपशब्द बोल्दथे । आगोको ज्वाला र लाठाको प्रहारबाट थिल्थिलो बनेकी नारीलाई क्रमशः आगोले भष्म पार्दै जान्थ्यो । जीवित र निर्दोष नारीको शरीर सती प्रथाका नाममा क्षणभरमा खरानीमा परिणत हुन्थ्यो । कतिपय स्थानमा ठूला काठका मुढाहरूमा फलामको साङ्लोले महिलालाई बाँधेर चिता बनाएर आगोमा जलाइन्थ्यो । ती नारीले जतिसुकै प्रयास गरे तापनि त्यो फलामको साङ्लो चुँडाएर उम्कने सम्भावना हुँदैन थियो । एकभन्दा बढी श्रीमतीहरू हुने सबैलाई जिउँदै जलाइन्थ्यो । (स्रोत : विकिपिडिया)

यति सुन्दा अचम्मै लाग्यो होला है ? यति सम्म क्रुर कसरि हुनसक्थे भन्ने पनि लाग्ला । कतिपयलाई पत्याउनै गाह्रो हुन्छ । एकचोटी आफुलाई त्यो जमानाको मान्छेको रुपमा राखेर हेर्नुस त । त्यतिखेर त्यो ठिक लाग्न सक्छ । तर अहिले ति मानव दानव झैँ लाग्न सक्छन । माफ गर्नुहोला दानव जस्तो अप्रिय शब्द प्रयोग गरेकोमा । हो ठिक यसरि नै हामी पनि भविष्यमा हाम्रा केहि प्रथाले भविष्यका पिंढीहरुलाई दानव वा यस्तै यस्तै लाग्ने लगभग पक्का छ । अब बल्ल विवाह प्रथा वा कुप्रथा भन्नेमा बहस गरौँ ।

समाजले नै प्रथा बनाउँछ । कुप्रथामा परिणत गर्दै समाप्त पनि समाजले नै गर्छ । प्रथाको उत्पत्ति रातारात वा एकै दिनमा हुँदैन । सर्वप्रथम एकजना व्यक्तिको दिमागमा उक्त प्रथाले विचारको रुपमा जन्म पाउँछ । विचार अनुसार कार्य गर्छ । उक्त कार्यले आवश्यकता पुरा भएपछी पुनः प्रयास गर्छ । र पटक पटक अभ्यास गरेपछि बानी पर्छ । यो सफल अभ्यास अरु व्यक्तिले देखेपछि अपनाउँन शुरु गर्छन र समाजमा फैलिंदै जान्छ । त्यसरी यो जनरिती (Folkways) एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै प्रथा बन्छ । प्रथालाई व्यवस्थित गर्न ऐन कानूनको सहारा लिएको पनि देखिन्छ । यिनै प्रथा पछि गएर कुप्रथा हुँदै समाप्तिको गन्तव्य तय गर्छन । मानव अधिकार र समाजले यसको गति र दिशा निर्धारण गर्छ । जब सम्म त्यो रितिरिवाजले व्यक्ति वा समाजलाई असर गर्दैन तब सम्म प्रथा मानिन्छ । व्यक्ति र समाजलाई असर गर्ने बितिक्कै कुप्रथामा परिणत हुन थाल्छ । हाम्रा पुर्खाहरुले मान्दै आएका कतिपय प्रथाहरु अहिले कुप्रथा भईसकेका छन । अहिले हामीले मान्दै आएको प्रथा भोलि कुप्रथा हुन सक्नेछन । देउकी प्रथा, झारा प्रथा, बाँधा प्रथा, ढावा प्रथा, छाउपडी प्रथा, डंगुवा प्रथा, कमैया प्रथा, दास प्रथा, सती प्रथा, तिर्जा प्रथा, डोलाजी प्रथा, सैरली प्रथा, खुल्ला प्रथा आदी इत्यादि अहिले कुप्रथामा परिणत भई समाप्ति भईसकेका/भईरहेका छन । १९ औं शताब्दीमा समाजशास्त्रीहरु द्वारा गरिएको अध्ययन अनुसार पुरानो अवस्थामा विवाह भन्ने चलन नै थिएन । जुनसुकै स्त्री र पुरुष बीच शारीरिक सम्पर्क गर्ने स्वतन्त्रता थियो । प्लेटोको समय देखि नै विवाह प्रथाको अन्त्य र राज्य द्वारा बालबालिकाको पालनपोषणको कुरामा छलफलको शुरुवात भईसकेको मानिन्छ । पहिला स्त्रीहरुको सुखमय जिवनयापनको एउटा मात्रै साधन विवाह मानिन्थियो । अहिले औधोगिक क्रान्ति र शिक्षाले गर्दा स्त्रीहरु स्वावलम्बी बन्दै छन । सुखमय जिवनयापन गर्न विवाह प्रथालाई अंगाल्नै पर्छ भन्ने बाध्यता हटिसकेको देखिन्छ । सम्बन्ध विच्छेद, एकल जिवनको बढ्दो दरले विवाह प्रथाको कुप्रथा तर्फको यात्रा शुभारम्भ भईसकेको छ । मानव जिवन एकपटक मात्रै हो । एक जना संग मात्रै किन पूरा जिवन विताउने ? सम्बन्ध विच्छेद भएछि किन अर्को सङ विवाह नगर्ने ? जो लाई जो संग मन लाग्यो जिउन पाउनुपर्छ भन्ने मान्यताले पनि जरो गाड्दै छ । सामाजिक नियम भन्दा पनि व्यक्तिगत इच्छालाई प्राथमिकता दिनुपर्छ भन्ने मनोविज्ञान तयार हुँदैछ । विवाहलाई धार्मिक बन्धन भन्दा पनि कानूनी बन्धन र दुईजना बिचको निजी मामिलाको रुपमा लिईदै छ । तसर्थ विवाह प्रथाको अन्त्य वा स्वरूप परिवर्तन हुनसक्ने कुरा सजिलै अड्कलबाजी गर्न सकिन्छ ।

विशेष अनुरोध : उपरोक्त टिप्पणीलाई आधार मानि म प्रतिको धारणा बनाउने कुरा पूर्ण रुपमा निस्तेज गरिएको छ । विवाह प्रथा वा कुप्रथामा म मौन छु । धन्यवाद ।

[सामाजिक बिकास मन्त्रालय कैलालीमा कार्यरत जनस्वास्थ्य अधिकृत रमेश कुवँरको फेसबुक वालबाट ]

Tags: Corona Virus #Covid19Marriage Evil PracticeRamesh kunwar
SummarizeShare252ScanTweet146

Related articles

बर्ड फ्लू कागको मृत्युले चिन्ता बढायो कोभिड-१९ भन्दा खतरनाक मानिने संक्रमणको खतरा #BirdFlu

बर्ड फ्लू कागको मृत्युले चिन्ता बढायो कोभिड-१९ भन्दा खतरनाक मानिने संक्रमणको खतरा #BirdFlu

by Nam Raj Bhatta
March 25, 2026
0

✍️ डा. केदार कार्की विगत केही वर्षका मेडिकल रिपोर्टहरूको समीक्षाले धेरै संक्रामक रोगहरूले मानिसहरूलाई गम्भीर रूपमा असर गरेको देखाएको छ। चाहे त्यो कोरोनाभाइरस होस्, मंकीपक्स होस्, निपा भाइरस...

सार्क क्षेत्रमा बर्ड फ्लू र यसको स्थानिकता – डा. केदार कार्की | Bird Flu and Its Endemicity in the SAARC Region – by Dr. Kedar Karki

सार्क क्षेत्रमा बर्ड फ्लू र यसको स्थानिकता #Birdflu

by Nam Raj Bhatta
March 21, 2026
0

✍️ डा. केदार कार्की नेपालमा फेरि बर्डफ्लु संक्रमण पुष्टि भएकाे छ ।  मोरङ जिल्लाको ग्रामथान-१ खुनियाकट्टा र बुढिगंगा -५ मा बर्डफ्लू देखिएको पशु सेवा विभागले  पुष्टि गरेको हो...

सानैदेखि सही बानी: बालबालिकाको दाँतलाई कसरी रोगमुक्त राख्ने?

सानैदेखि सही बानी: बालबालिकाको दाँतलाई कसरी रोगमुक्त राख्ने?

by Nam Raj Bhatta
March 12, 2026
0

✍️ डा. तारा शाह, बिडिएस हामी प्रायः भन्ने गर्छौं, "सानो बाँसको टुक्रा, त्यसैको सोझो पारो।" बाल्यकालमा पर्ने बानीले जीवनभरको स्वास्थ्यको जग बसाल्छ। यो कुरा दन्त स्वास्थ्यको सन्दर्भमा झन्...

नेपालको स्वास्थ्य क्षेत्र: आगामी सरकारको पहिलो प्राथमिकता

नेपालको स्वास्थ्य क्षेत्र: आगामी सरकारको पहिलो प्राथमिकता

by Nam Raj Bhatta
March 4, 2026
0

✍️ डा. सतीश कुमार साह (१) नेपालमा स्वास्थ्य क्षेत्रलाई आगामी सरकारको पहिलो प्राथमिकता किन बनाउनु पर्छ? अगामी सरकारले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिनु पर्नुका धेरै ठोस कारणहरू छन्।...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    656 shares
    Share 262 Tweet 164
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    629 shares
    Share 252 Tweet 157
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    626 shares
    Share 250 Tweet 157
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    668 shares
    Share 298 Tweet 154
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    611 shares
    Share 244 Tweet 153

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नेपाली सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
  • काठमाडौं महानगरद्वारा महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सुरु
  • रुपन्देहीमा १६औं राष्ट्रिय भेटेरिनरी सम्मेलन हुँदै
  • चिकित्सक संघको निर्वाचन उपत्यका बाहिर बैशाख ४ र ५ मा र भित्र १८ र १९ मा हुँदै
  • स्वास्थ्य तथा खानेपानी मन्त्रीमा निशा मेहता नियुक्त

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.